स्पर्स लघुवित्तद्धारा कर्मचारीलाई तालिम प्रदान




काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले चैत्र २८ गतेदेखि २९गतेसम्म संचालन गरेको थियो ।

फिल्डमा कामगर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, फिल्ड कर्मचारीको लक्ष्य तथा प्रगती समिक्षा गर्ने, विभिन्न शाखाको अनुभव आदान प्रदान गर्ने, फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने तथा विभिन्न जीवन बीमा कम्पनीका प्रतिनिधिहरु मार्फत जीवन बीमाको पोलिसीहरुको बिक्री गर्न उत्प्रेरीत गराउने उद्धेश्यले तालिम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

३ दिने तालिममा ४२ जना फिल्ड कर्मचारी, विभिन्न जीवनबीमा कम्पनीका प्रतिनिधिहरु, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको संस्थाले जानकारी दिएको छ ।


क्लिकमान्डु