फाइन्ड यु फुड पुग्यो मानव सेवा आश्रम



काठमाडौँ । मातातिर्थ औँसीको पूर्वसन्ध्यामा फाइन्ड यु फुडले बुढानिलकण्ठस्थित मानव सेवा आश्रममा खाना उपलब्ध गराएको छ । फुड डेलिभरीको व्यवसाय गर्दै आएको कम्पनिले आइतबार आश्रममा बस्दै आएका २५ जनालाई खाना खुवाएको हो ।

फाइन्ड यु फुडले आफैँले बनाएर तयारी खाना आश्रमलाई उपलब्ध गराएको हो । सामान उपलब्ध गराएर आश्रममै खाना तयार गर्ने भन्दा आफैँले तयारी खाना उपलब्ध गराउँदा आश्रममा बस्नेहरुलाई फरक स्वाद प्राप्त भएको आश्रमकी नविना सिटौलाले बताइन् ।

कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्न मानव सेवा आश्रममा बस्नेहरुलाई आफ्नै उत्पादन उपलब्ध गराएको कम्पनिका संचालक जगदीश गौतमले बताए । सधैँ भन्दा फरक खानाको स्वाद पाउँदा पेट भरिए पनि मनमा अझैँ खाउँ खाउँ लागिरहेको आश्रममा बस्दै आएकी यशोदाले बताइन् ।

फाइन्ड यु फुडले अनलाइन मार्फत काठमाडौँ उपत्यकाभित्र ग्राहकको माग अनुसार तयारी खाना डेलिभरी गर्दै आएको छ । कम्पनिले व्यवसाय गर्दै आएपछि समाजलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भएर सामाजिक उत्तरदायित्व पूरा गर्न यस्ता कामहरु गर्दै जाने प्रतिबद्धता कम्पनिका अर्का संचालक रञ्जन गौतमले बताए ।

कम्पनिले काठमाडौँ उपत्यका भित्र ग्राहकले खाना अर्डर गरेपछि आफ्नै भान्छामा खाना तयार गरेर दुरीको हिसाबले बढिमा एक घन्टा भित्र उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु