एप्पल वल्र्डमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर शुरु



काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर शुरु गरेको छ । एक सातासम्मका लागि एक्सचेञ्ज अफर शुरु गरेको वल्ड्र मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार समेत हस्तान्तरण गरेको छ ।

दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइलले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको हो । वैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण

यसै बिच एप्पल वल्र्ड मोबाइलका साथै केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गगरिएको दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ । एप्पल वल्र्ड मोबाइल दरबारमार्गमा आयोजित कार्यक्रममा दशैं तिहारको बहार मोबाइल किन्दा उपहारै उपहार योजनाका विजेतालाई उपहार वितरण गरिएको हो ।

उपहार बितरणमा यूवा नेता दिपेस पुन चर्चित मोडल नायीका ओसीमा बानु समाजसेबी ब्याबसायी निराजन सिंग र योंग बिजिनेस् अन्तरप्रिनर अलाईभ ग्लाईडर लगायतले गरे ।

दशैं तिहारको उपहार योजनाको पहिलो उपहार यमाहाको मोटरसाइकल नबिन श्रेष्ठले हात पारेका छन् । सफल न्यौपानेले दोस्रो उपहार आइफोन ८, सुरज महर्जनले तेस्रो उपहार अन्तर्गत मलेसिया तथा सिगांपुर ट्रिप हात पारेका छन् । त्यस्तै चौथो उपहार पाउने शिक्षा लामाले भिभो मोबाइल, पाँचौ उपहार विजेता एन्जी शेर्पाले जिटी एस सिक्स मोबाइल तथा छठौ उपहार पाउने रामेश्वर उप्रेतिले लेनेभोको मोबाइल प्राप्त गरेका छन् ।

सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल, ताम्राकार कम्प्लेक्स न्युरोडको पसल नं १२, १३ र ३३मा सिटिभि मोबाइल, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा के एल मोबाइल हबमार्फत मोबाइलको बिक्री बितरण गर्दै आएको छ ।


क्लिकमान्डु