माछापुच्छे बैंकले थप्यो ३ शाखा रहित बैंकिङ सेवा



काठमाडौं । माछापुच्छे बैंकले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले चैत्र २८ गते बाँकेको बैजनाथ गाउँपालिका–५, बनकटुवा र बर्दियाको वासगढि नगरपालिका–१, बबई साथै वैशाख २ गते कास्कीको माछापुच्छे गाउँपालिका वडा नं-७, धम्पुस गरी ३ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा बाँके र बर्दियामा २ शाखा रहित बैंकिङ सेवा सुचारु गरेको हो ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदानगर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैंकले ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैकिङ सेवा र ८६ वटा एटीएमबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु