जनता बैंकको एक्स्टेनसन काउण्टर स्तरोन्ती




काठमाडौं । जनता बैंकले रुपन्देहीस्थित देविनगर एक्स्टेनसन काउण्टर स्तरोन्तीगरी कारोबार शुरु गरेको छ । बैंकले आइतबारदेखि शाखामा स्तरोन्तीगरी कारोवार शुरु गरेको हो ।

२०६८ सालफागुन देखि संचालनमा आएको एक्स्टेनस काउन्टरलाई ग्राहकहरुको सुविधालाई ध्यानमा राखी राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखा स्तनोत्तरी गरिएको बैंकले जानकारी दिएको छ ।

स्तनोत्तरीसँग शाखाबाट ग्राहकहरुले सहज र सरल रुपमा पूर्ण बैंकिङ सेवा प्राप्तगर्न सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले १०७ शाखा कार्यालय, ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ए क्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु