प्रभु बैंकका कर्मचारी र ग्राहकलाई मेडिसिटीमा उपचार गर्न १०% छुट



काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले नेपाल मेडिसिटी हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र हस्पिटलका महाप्रबन्धक बिजय रिमालले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंक र हस्पिटलबिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम बैंक कर्मचारी तथा प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ ।


क्लिकमान्डु