यी भाग्यमानी, जो राष्ट्र बैंकको निर्देशकमा बढुवा भए



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ८ जना उपनिर्देशक पदका कर्मचारीको निर्देशक पदमा बढुवा भएको छ । १०० जनाभन्दा बढी उपनिर्देशकहरु कार्यरत भएपनि ८ जनाले मात्रै बढुवा हुने अवसर पाए ।

३० वर्षे अवकास नीतिका कारण धेरै निर्देशकको सेवा अवधि सकिएपछि उपनिर्देशकहरुले यति चाँडै बढुवा हुने अवसर पाएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार प्रल्हाद थापा, चेतप्रसाद उप्रेती, बलराम पौडेल, इश्वरीप्रसाद न्यौपाने, रोशन कुमार सिग्देल, केशब थापा, डा. रामशरण खरेल र डा. डिल्लीराम पोखरेलको निर्देशक पदमा बढुवा भएको हो ।

बढुवा भएका ७ जना कर्मचारी राष्ट्र बैंकभित्रै कार्यरत छन् । डा. खरेल भने युवराज खतिवडा अर्थमन्त्री भएपछि अर्थ मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका छन् ।


पुष्प दुलाल