केबल टिभी अपरेटलाई निःशुल्क सेटअप बक्स उपलब्ध गराउँदै म्याक्स टिभी



काठमाडौं । सरकारले आगामी वैशाख १६ गतेदेखि मुलूक भरका सम्पूर्ण केबल टेलिभिजनलाई डिजिटलाईज गर्ने तयारी गरेको छ । वैशाख १६ गतेदेखि एनालग केबल टिभी बन्द हुनेछ ।

यस्तो अवस्थामामूलुकभरमा सयौंका संख्यामा रहेका केबल टिभी अपरेटरहरु डिजिटलाईजेसनमा गइसकेका छैनन् । डिजिटलाईजेसनमा नगएका टिभी अपरेटका लागि डिजितलाईजेसनमा जानका लागि मेगा म्याक्स टीभी प्राइभेट लिमिटेडले निःशुल्क सेट अप बक्स वितरण गर्ने भएको छ ।

डिजिटलाईजेसनमा गइनसकेका केबल टिभी अपरेटरले म्याक्सको सेट अप बक्सका माध्यमबाट ग्राहकलाई डिजिटलाइज टीभीको सेवा उपलब्ध गराउन सक्छन् ।

मेगा म्याक्स टीभी प्राइभेट लिमिटेडका लिगल अफिसर शम्भु कुमार आर्चायका अनुसार डिजिटलाइजेसनमा नगइसकेका केबल टीभी अपरेटरका लागि डिजिटलाइजेसनमा जानका लागि निःशुल्क सेट अप बक्स वितरण गर्न लागिएको जानकारी दिए ।

‘हामीले ७०ः३० को मोडलमा केबल टिभी अपरेटरलाई निःशुल्क सेट अप बक्स उपलब्ध गराउँछौं, केबल अपरेटरले आफ्नो पूर्वाधार प्रयोग गरेर म्याक्सको सिग्नलबाट डिजिटल टिभीको सेवा दिन सक्नेछन्,’ कुमारले आर्चायले क्लिकमाण्डूसँग भने ।

म्याक्स सेट अप बक्समा बिना इन्टरनेटको टु वे टेक्नोलोजी उपलब्ध छ । टु वे टेक्नोलोजीको माध्यमबाट ग्राहकले बिना इन्टरनेट सेट अप बक्समा कमाण्ड दिएर अनलाइन सपिङ, युट्युवको भिडियो लगायत हेर्न सकिने आर्चायले बताए ।

म्याक्सले केबल अपरेटरलाई निःशुल्क सेटअप बक्स उपलब्ध गराए पनि ग्राहकले सेटअप बक्स जडान बापत ५ सय ६५ रुपैयाँ इन्टलेसन चार्जको रुपमा बुझाउनु पर्नेछ ।

म्याक्सको सेटअप बक्समा २ सयभन्दा धेरै च्यानल र ६० भन्दा धेरै एचडी च्यानल उपलब्ध छन ।


क्लिकमान्डु