‘एक वर्षमा ७७ जिल्लाबाटै सेयर किनबेच गर्न सकिने’



Rewat Bahadur Karki

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले एकवर्षभित्रमा ७७ जिल्लाबाटै सेयर खरिदबिक्री गर्न सकिने व्यवस्था मिलाउने बताए ।

आजदेखि सुरु भएको अनलाइन प्रणालीबाट सेयर खरिदबिक्री गर्न सकिने व्यवस्थाको उद्घाटन गर्दै अध्यक्ष कार्कीले ७७ जिल्लामा दोस्रो बजारको विस्तार हुने बताए ।

‘स्टकलाई आधुनिकरणसँगै देशभर पुराउने लक्ष्य हामीले बोकेका छौँ, यसको लागि धितोपत्र बोर्डले काम गरिरहेको छ,’ कार्कीले भने ।

उनले यसका लागि प्रारम्भिक तवरमा अहिले इन्टरनेट मार्फत सेयर अर्डर गर्न सकिने व्यवस्था भएको जानकारी दिए । जेठ १८ गतेबाट पूर्ण रुपमा नेप्सेको कारोबार इन्टरनेट मार्फत गर्नका लागि सफ्वेरको काम ८० प्रतिशत सकिसकेको पनि उनले बताए । अबको केही दिनमा यसको बाँकीको काम चाँडै पुरा हुने उनको भनाइ छ ।

‘अहिले इन्टरनेट मार्फत अर्डर गर्न मिल्ने भएको छ, यसलाई प्रयोगकर्ताहरुले कतिको मैत्रीपूर्ण रुपमा प्रयोग गर्न सक्छन्, त्यसपछि पूर्ण रुपमा इन्टरनेट मार्फत नेप्सेको कारोबार हुनेछ’ काकीले भने ।

यस्तै उनले इनडेक्स ट्रेडिङ र बैकल्पीक इन्भेष्टमेन्टको नियमावली छिट्टै आउने पनि जानकारी गराए । उनले यसको ड्राफ्ट बनेर छलफलको क्रममा रहेको बताए ।


क्लिकमान्डु