बिराटनगरमा ३० करोडको चार तारे होटल खुल्यो



बिराटनगर । विराटनगर–जोगवनी रोडमा बिग बिल होटल खुलेको छ ।

८ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । ६ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।

पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल होटलको उद्घाटन गरे । उनले होटल उद्घाटन गर्दै भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताए ।


क्लिकमान्डु