फस्र्ट माइक्रोफाइनान्सको नाफा २७ प्रतिशतले बढ्यो



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले चैत मसान्तसम्ममा ७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

माइक्रोफाइनान्सले अघिल्लो वर्षको चैत मसान्तसम्मको तुलनामा करिब २७ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्ष चैत मसान्तमा फस्र्ट माइक्रोफाइनान्सको नाफा ५ करोड ७६ लाख थियो ।

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावको असर लघुवित्त कम्पनीमा परेको छ । जसले गर्दा लघुवित्तको पनि लागत भने बढेको छ ।

फस्र्ट माइक्रोफाइनान्स चैत मसान्तमा लागत १०.५२ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो लागत ७.६८ प्रतिशत थियो ।

माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी १४.५३ प्रतिशत छ । मुल्य आम्दानी अनुपात(पिइ रेसियो) ३६.५३ प्रतिशत छ ।


क्लिकमान्डु