एनआईसी एशियाले ल्यायो २०७५ सालको क्यालेन्डर



काठमाडौं । एनआईसी एशिया बैकले नयाँ बर्षको पुर्वसन्ध्यमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तलसीराम अग्रवालले एक समारोहको बिच बैंको रजिस्ट्र्राड कार्यालय, थापाथलीमा क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

अध्यक्ष अग्रवालले नयाँ बर्ष २०७५ सालको शुअवसरमा सम्पूर्ण ग्राहक, सेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारीवर्ग एवम् प्रत्यक्ष वा अप्रत्यक्ष तवरबाट जोडिएका सबैलाई शुभकानमा व्यक्त गरेका छन ।

बैंकले १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवम् ४ वटा शाखारहित बैंकिङ माफत् बैकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ५४ अर्ब रुपैयाँ छ । बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको र कुल निक्षेप करिब १ र्ख ३० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ ।


क्लिकमान्डु