जहाज उडाउँदा नेपाल एयरलाइन्सलाई १० करोड घाटा



काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सलले २ वटा जहाज उडानमा वार्षिक १० करोड रुपैयाँ घाटा ब्यहोर्नु परेको छ ।

एयरलाइन्सले अप्रिल २०१४ मा चिनबाट ल्याएको एमए-६० जहाज र नोभेम्वर २०१४ मै चीनबाट ल्याएको वाई १२ जहाज उडान गर्दा वार्षिक १० करोड रुपैयाँभन्दा बढी सञ्चालन घाटा भएको हो ।

महालेखा परीक्षकको कार्यालयले बिहिबार सार्वजनिक गरेको ५५औं प्रतिवेदामा दुई वटा साना जहाज उडानमै नेपाल एयरलाइन्सले वार्षिक १० करोड घाटा बेहोरेको उल्लेख छ ।

प्रतिवेदनमा अनुसार नेपाल एयरलाइन्सलाई एमए ६० सिरिजको ५६ सिट क्षमताको जहाज उडानमा वार्षिक ६ करोड ६७ लाख र वाई १२ सिरिजको १९ सिट क्षमताको जहाज उडानमा ३ करोड ९४ लाख घाटा भइरहेको छ ।

नेवानिसँग अहिले आन्तरिक उडानमा चार वटा वाइ १२ सिरिजका जहाज, दुई वटा एमए ६० र दुई वटा टिव्नअटर जहाज मार्फत सेवा दिँदै आएको छ । एमए ६० र टिवन्अटर जहाज उडने गरेपनि वाई १२ सिरिजका जहाज पाइलट अभावको कारण पछिल्लो पटक चीनबाट ल्यायएको दुई वटा विमानस्थलमै ग्राउन्डेड छ ।

तर, नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७३/०७४ मा मात्रै ७३ करोड भन्दा बढी नाफा गरेको थियो । नेवानिको नाफामा ग्राउन्ड ह्यान्डलिङ प्रमुख स्रोत बनेको छ । नेवानिले जहाज उडाएर भने अहिलेसम्म नाफा आर्जन गरेको छैन ।


पुष्प दुलाल