सेयर बजारमा कालोधन रोक्न धितोपत्र बोर्डले गर्यो यस्तो व्यवस्था



काठमाडौं । धितोपत्र बोर्डले सेयर बजारमा कालोधन रोक्न नयाँ व्यवस्था गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमधितोपत्रव्यवसायमा संलग्न सवैलाई जिम्मेवार बनाई सम्पत्ती शुद्धीकरण तथाआतङ्गवादीक्रियाकलापमावित्तीयलगानीलाई निरुत्साहिततथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सम्पत्ती शुद्धीकरण तथाआतङ्गवादीक्रियाकलापमावित्तीयलगानीनिवारण निर्देशिका, २०६९ बनाई लागु गरेकोे थियो ।

सम्पत्ती शुद्धिकरण सम्बन्धी कानूनमा संसोधन भएपछि बोर्डले नयाँ व्यवस्था गरेको हो ।
बोर्डको उक्त निर्देशिकालाई प्रतिस्थापन गरी “सम्पत्ती शुद्धीकरण तथाआतङ्गवादीक्रियाकलापमावित्तीयलगानीनिवारण निर्देशिका, २०७४” लागु गरेको हो । यो व्यवस्था बैशाख १ देखि लागु हुने छ ।

यस्तो छ नयाँ व्यवस्था

– सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालनगर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको पालना र अनुसरण गर्नु पर्ने

– सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नु पर्ने

– सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका कामकारवाहीलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्ने

– सूचक संस्थाले जोखिमको आधारमाआफूसँग कारोबार गरिरहेकातथागर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने

– सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामीवाकाल्पनिकनाममाकुनै पनिखाताखोल्न वा कारोबार गर्न, गराउननहुने

– वेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने

– सूचक संस्थाले ग्राहकको सही रुपमापहिचानतथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने र सो गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्ने

– ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजात हरु रुजु गर्ने जिम्मेवारी सहितकुनै कर्मचारीलाई तोकीत्यस्ताविवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्ने

– ग्राहकको पहिचान तथा जाँचगर्दा जोखिममा आधारित भएर गर्नु पर्ने

– एक दिनमा पटक पटकवा एकै पल्ट दशलाख रुपैंया भन्दा वढिको कारोवारको जानकारी वित्तीय जानकारी इकाईमा दिनु पर्ने

– शंकास्पद कारोवार सम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा अनिवार्य दिनु पर्ने

-सूचक संस्थाले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापनागर्दा वा कारोबार गर्दा बृहतग्राहकपहिचान सम्बन्धी उपयुक्त उपायहरु अपनाउनु पर्ने इत्यादि व्यवस्थाहरु उक्त निर्देशिकामा समाविष्ट छन् ।