लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारणसभा सम्पन्न, बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित


काठमाडौं । लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

सोमबार काठमाडौंमा सम्पन्न साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।

२०८१/८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Skip This