एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्रै



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । बुधबार एक प्रतिवेदन सार्वजानिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।

तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले ०७४ जेठ १५ गते बजेट सार्वजानिक गर्दै ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेका थिए । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षा गर्दै यो वर्ष ६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने संसोधित अनुमान गरेका थिए ।

एडीबीले अर्थ मन्त्रालयको मध्यावधि समीक्षामा गरिएको अनुमान भन्दा १ प्रतिशत भन्दा बढीले कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

तराइको बाढीले कृषि क्षेत्रमा असर गरेको र औद्योगीक क्षेत्रले बिजुली नपाउँदा नयाँ उत्पादन र नयाँ लगानी बढ्न नसकेका कारण आर्थिक वृद्धि सरकारी लक्ष्यभन्दा निकै कम हुने भएको एडीबीले जनाएको छ ।

एडिबीले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ .५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।


पुष्प दुलाल