हड्तालले एयर फ्रान्सको १७० मिलियन यूरो गुम्यो




काठमाडौ । यूरोप भरी नै हवाई उद्योगमा लामो हडतालको श्रृंखला थपिएको छ ।

जर्मनीको लुफ्थान्सा एपरका पाइलट र क्याबिन क्रुले हड्ताल गरेको समाचार सार्वजनिक भइरहेको बेला एयर फ्रान्सका कर्मचारीले समेत पुनः हडताल गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले दोस्रो चरणमा यही अप्रिल १७, १८, २३ र २४ तारिख हड्ताल गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले गत फेब्रुअरीमा गरेको हडतालका कारण १७० मिलियन यूरो (करिब २१ अर्ब ५९ करोड नेपाली रुपैयाँ बराबर) घाटा व्योहोरेका थिए । उनीहरुले ७ दिनसम्म एयर फ्रान्सका सबै उडान अवरुद्ध पारेका थिए ।

एयर फ्रान्सका अधिकारीहरुका अनुसार फेब्रुअरी २२ देखि अप्रिल ११ सम्म विभिन्न दिनमा गरिएका हड्तालका कारण १७० मिलियन यूरो क्षति हुन पुगेको थियो ।

एयर फ्रान्स मार्फत संसारका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुको संख्या ५.४ प्रतिशतले बढेको बेला हड्ताल गरिएको थियो ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीकाअनुसार हडतालका कारण हजारौ यात्रु विमानस्थलमा नै रोकिएका थिए ।

हडतालको समाचार सार्वजनिक भएपछि हजारौ यात्रुले बुक गरेका टिकट समेत रद्द गरेका थिए ।

हवाई कर्मचारीले गरेको हड्ताललाई विद्यार्थी, सरकारी कर्मचारी, कामदार तथा फोहोर संकलकले समेत समर्थन गरेका थिए ।

यूरोप भरी नै हवाई उद्योगमा एक पछि अर्को गर्दै हडताल हुन थालेपनि यूरोपेली संघले सो विषयमा आपतकालीन छलफल गर्ने तयारी गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार छलफल कहिले र कहाँ आयोजना गर्ने भन्ने गोप्य नै राखिएको छ ।


क्लिकमान्डु