सांग्रिला बैंकको हकप्रद सेयर बाँडफाँड




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ९ लाख १९ सय कित्ता हकप्रद सेयर लिलामीमा बाँडफाँड गरेको छ ।

बैंकले संस्थापक समुह तर्पmको ३ लाख ९२ हजार ७७२ कित्ता तथा सर्वसाधारण समुह तर्पm ५ लाख ९२ सय २५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

बैंकले संस्थापक समुह तर्फ १ सय ५ रुपैयाँ र सर्वसाधाारण समुहतर्फ १ सय ४२ रुपैयाँ भन्दा बढी दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भएका जति सबै कित्ता सेयर बाँडफाँड गरेको छ ।

बाँकी रहेको संस्थापक समुह तर्पm १ सय ५ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्पm १ सय ४२ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाहीमा बाँडफाँड गरिएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

हकप्रद सेयर लिलामीमा खरिद गर्न संस्थापक तर्फ ५७ जना र सर्वसाधारणतर्फ ३ सय ५३ जनाले आवेदन दिएका थिए ।

लिलामी मार्फत बैंकको सेयर प्रिमियम खातामा २ करोड ६६ लाख ४७ हजार ६ सय ७९ रुपैयाँ जम्मा भएको छ ।

सेयर बाँडफाँड पश्चात बैंकको सेयर पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।


क्लिकमान्डु