कांग्रेस चोकमा एनआइसी एशिया बैंकको शाखा



काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको गैंडाकोट ४ कांग्रेस चोकमा शाखा बिस्तार गरेको छ । मंगलबार गैंडाकोटका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालको संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले १९२ शाखा कार्यालय, १९५ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर र ४ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ५५ अर्ब रुपैयाँ छ । १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाहगरी करिब १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।


क्लिकमान्डु