एनआईसी एशियाले लियो आइएफसीसँग कर्जा



काठमाडौं । एनआईसी एशिया बैंक र अन्तराष्ट्रिय वित्त निगम(आइएफसी)बीच दीर्घकालिन ऋणको विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र आइएफसीका आवासीय प्रतिनिधि रोहन रसिदले हस्ताक्षर गरे ।

यस्तो कर्जा लिनको लागि बैंकले राष्ट्र बैंकमा स्विकृतिको लागि आवेदन दिएको छ ।
तरलता अभाव भएको बेला दीर्घकालिन क्षेत्रमा कर्जा दिन यस्तो सम्झौता उपयोगी हुने विश्वास बैंकले व्यक्त गरेको छ ।