एनआईसी एशिया बैंकद्धारा कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरु छात्रवृत्ति प्रदान




काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई २ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ ।

सो छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिलगरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो ।

बैंकले १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बैंकको अनुसार बैंकको वासलातको आकार १ खर्ब ५५ अर्ब रुपैयाँ र कुल कर्जा करिब १ खर्ब ६ अर्ब रुपैयाँ छ । कुल निक्षेप करिब १ खर्ब ३० अर्ब रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु