भारतीय लगानीकर्तालाई महासंघ अध्यक्षको अपिल- यो नेपालमा लगानी गर्ने उपयुक्त समय हो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो समय नेपालमा लगानी गर्न सबैभन्दा उपयुक्त समय भएको बताएकी छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा रहेकी अध्यक्ष राणाले सार्वजानिकरुपमै भारतीय लगानीकर्ताहरुलाई यो समय लगानीका लागि उपयुक्र भएको भन्दै नेपालमा लगानी गर्न आह्वान गरिन् ।

‘नयाँ सरकारले नेपाललाई सम्मृद्ध बनाउने घोषणा गरेको छ, यसलाई पूरा गर्नका लागि नेपाललाई ठूलो लगानी चाहिएको छ,’ राणाले भनिन्, ‘तपाईंहरु लगानी गर्न आउनुहोस्, यो नेपालमा लगानी गर्ने सबैभन्दा उपयुक्त समय हो ।’

सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा स्थानीय लगानी बढ्दै गएको बताउँदै उनले नेपालले यतिखेर खासगरी उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खोजिरहेको भन्दै यी क्षेत्रहरुका अतिरिक्त पर्यटन खासगरी धार्मिक पर्यटन जस्तो वुद्ध सर्किट, रामसीता जन्मभूमी सर्किटमा आपसी सहकार्य हुन सक्ने वलियो आधार समेत प्रस्तुत गरिन् ।

सरकारले विद्युत आर्पूिर्तको प्रभावकारी व्यवस्थापन गरेका कारणनै लोडसेडिङ अन्त्य हुनुका साथै उद्योग व्यवसायको क्षमतामा समेत सुधार भएको उदाहारण पनि प्रस्तुत गरिन् । उर्जा उत्पादनमा अहिले निकै ठूला परियोजना समेत अगाडी बढेकाले आगामी दिनमा निकै धेरै उद्योगहरू आउनुका साथै उत्पादन क्षमतामा समेत ठूलो सुधार आउने राणाले जानकारी दिइन् ।

चुनौतीहरूका बीच पनि नेपालमा कार्यरत भारतीय उद्योग प्रतिष्ठानहरूले निकै धेरै लाभ उठाउन सकेको उदाहरणसमेत उनले प्रस्तुत गरिन् । प्रधानमन्त्रीको सम्मानमा आयोजना गरिएको कार्यक्रमको भरपुर फाइदा उठाउन दुवै देशका निजी क्षेत्र सफल हुनुपर्ने राणाको जोड थियो ।

शुक्रबारदेखि शुरु भएको प्रधानमन्त्रीको केपी ओलीको ३ दिने भारत भ्रमणमा महासंघका अध्यक्ष राणाको नेतृत्वमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहभागी छन् ।

त्यस्तै, महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिनेश श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, आनन्द कुमार अग्रवाल वगारिया, भरतराज आचार्य, प्रकाश सिंह कार्की, विजयसिं वैध, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा, नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्वर १ का उपाध्यक्ष राजेन्द्र राउत, व्यवसायी देश बन्धु वस्नेत र महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ पनि भ्रमणमा सहभागी छन् ।

भारतमा रह“दा महासंघको प्रतिनिधिमण्डल प्रधानमन्त्रीस“गको औपचारिक समारोहमा सहभागी हुनुको साथै नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भारतीय निजी क्षेत्रस“ग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।


पुष्प दुलाल