उर्जामन्त्री वर्षमानलाई भेटेर के भने भारतीय राजदूतले ?



काठमाडौं । भारतिय राजदूत मंजिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

भेटमा भारयित राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिए ।

मन्त्री पुनले भारतिय राजदूतलाई भारतबाट आयात भइरहेको पावर टे«डिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राखे । हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेको छ ।

उहाले वुटवल-गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग आग्रह गरे ।

भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

राजदूतसंगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका थिए ।


पुष्प दुलाल