सञ्चयकोषका कर्मचारीलाई खुल्यो रसुवागढी र साञ्जेनको आइपिओ 



काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आजदेखि कर्मचारी सञ्चय कोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी , चिलिमे कम्पनीका कर्मचारी तथा रसुवाका साविक जिविस र गाविसका कर्मचारीलाई साधारण शेयर बिक्री गर्ने भएको छ ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि आइपिओ दिएको केही समय पछि ती कम्पनलिे आजदेखि पुनः साधारण शेयर बिक्री खुला गरेको हो ।
आजदेखि पुनः संस्थागत लगानीकर्ताका सस्था र ऋणदाता संस्थाका कर्मचारीहरुलाई आइपीओ खुला गरेको ती कम्पनीले जनाएका छन् ।
सञ्चय कोष, रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारी र ऋण प्रदायक कम्पनीको लागि आइपीओ खुला गरेको हो  ।
रसुवागढी हाइड्रो पावरले संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई २३ लाख ९४ हजार ७३५ र सान्जेनले १२ लाख ७७ हजार ५०० कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको हो ।
सान्जेन जलविद्युत कम्पनीले विद्युत प्राधिकरण, रसुवाका स्थानीय निकायका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीलाई बिक्री खुलाएको हो ।
त्यस्तैगरि,सान्जेनले तीन लाख ६५ हजार कित्ता सेयर निष्कासन गरेका हुन् ।
सान्जेनको आइपीओ बिक्री प्रबन्धकमा नागरीक लगानी कोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धक रहेको छ । सि-आस्वा सदस्य बैक तथा वित्तिय संस्थाबाट शेयरका लागि आवेदन दिन सकिने रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले जानकारी दिए ।
यसभन्दा अघिको आइपीओमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले सञ्चय कोषका सञ्चयकर्ताका लागि खुला गरेको आवेदनमा ६ गुणा बढी आवेदन परेको थियो ।


पुष्प दुलाल