जनशक्ति अभावले बुढीगण्डकीको मुआब्जा वितरणमा ढिलाइ



काठमाडौं । १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले समयमै मुआब्जा पाउन सकेका छैन । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आवश्यक जनशक्ति अभाभवका कारण मुआब्जा वितरणमा प्रभावकारी काम भएको छैन ।

राष्ट्रिय गोरवको आयोजनाले जुन गतिमा तीब्रता लिनु पथ्र्यो त्यो हुन नसक्को धादिङका प्रमुख जिल्ला अधिकार श्याम प्रसाद भन्डारीले बताए ।

‘आयोजनाको कार्यालयले पनि काममा तीब्रता दिन सकेको छैन,’ भण्डारीले भने, ‘राष्ट्रिय गौरवको ओजनाको काममा म पनि सन्तुष्ट छैन ।’

अहिलेसम्म धादिङ जिल्लाका प्रभावितले करिब ३ अर्ब रुपैयाँ पाइसकेका छन् । कतिपय स्थानीयले मुआब्जा लिनको लागि आवेदन दिइसके पनि जनशक्ति अभावका कारण रकम वितरण हुन नसकेको भन्डारी बताउँछन् ।

कर्मचारीले आयोजनाको काममा विहान बेलुका समय दिनु पर्ने अवस्था छ । केन्द्रीय सरकार तथा आयोजनाले मुआब्जा वितरणको लागि आवश्य नापी र मालपोतका कर्मचारी खटाउन नसक्दा मुआब्जा वितरणका ढिलाई भएको भन्डारी स्वीकार गर्छन् ।


पुष्प दुलाल