१ अर्ब घोटला गरेको भन्दै एनसीसी बैंकका दर्जन कर्मचारीलाई सीआइबीले समात्यो



काठमाडौं । एनसीसी बैंकका करिब एक दर्जन कर्मचारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

विभिन्न प्रकरणमा बैंकिङ कसूर गरेको अभियोगमा शुक्रबार बिहान एनसीसी बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता मिरा चौधरीले जानकारी दिइन् ।

‘अहिले पक्राउ गरेर ल्याइरहेका छौं, कति संख्या र ककसलाई पक्राउ गरियो भनेर यकिन विवरण आउन केही समय लाग्छ,’ चौधरीले क्लिकमाण्डूसँग भनिन् ।

राष्ट्र बैंकको अनुरोधनमा ती कर्मचारीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिइन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले पनि सो बैंकसँग सम्बन्धित केही विषयहरु रहेको बताए ।

‘सुपरिभिजनसँग सम्बन्धीत केही इस्यूहरु थिए, केही विषय अदालत गएका थिए, प्रहरीले किन पक्राउ गर्यो भन्नेचाहीँ मलाई जानकारी भएन,’ पौडेलले भने ।

स्रोतका अनुसार एनसीसी बैंकसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकका विभिन्न शाखाका कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।

एनसीसी र एपेक्स मर्ज भएपनि अदालतले कारोबार बिवरण छुट्टै राख्न आदेश दिइसकेको छ ।

एपेक्समा १ अर्ब रुपैयाँभन्दा बढी घोटला भएको भन्दै सीआइबीले छानविनका लागि पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्- एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…


पुष्प दुलाल