सेञ्चुरी बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले सोमबार हस्ताक्षर गरे ।


पुष्प दुलाल