साढे २ घन्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल



फाइल फोटो

काठमाडौं । एयर बङ्लाको जहाज दुर्घटना भएपछि दिउसो २ः१८ बजेबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि पुन सुचारु भएको छ ।

अपरान्ह ४ः५० बजेदेखि बिमानस्थल खुलेको नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रमुख राजन पोखरेलले जानकारी दिए ।

‘अहिले भर्खरदेखि बिमानस्थल खुलेको छ, अब उडान अवतरण सुचारु हुन्छ,’ उनले भने ।

दिउसोदेखि बिमानस्थलको बाहिर रोकेर राखिएका यात्रुहरुलाई चेकिङ गर्दै भित्र प्रवेस गराउन थालिएको छ ।


पुष्प दुलाल