एयर बङ्लाको जहाज दुर्घटनामा परेका ८ जनाको केएमसी अस्पतालमा मृत्यु, दर्जन सिकिस्त



काठमाडौं । सोमबार दिउसो २ः२० बजे त्रिभुवन बिमानस्थलमा यूएस बंङ्ला एयरवेजको जहाज दुर्घटना हुँदा मृत्यु हुनेको संख्या बढ्दो छ ।

उपचारका लागि केएमसी अस्पताल पुर्याइएका ८ जनाको मृत्यु भइसकेको र बाँकी ८/९ जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालका डाक्टर सन्तोष झाले जानकारी दिए ।

केएमसीमा ३० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि लगिएको थियो । त्यसबाहेक घाइतेहरुलाई सिभिल अस्पताल पनि लगिएको थियो ।
जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार थिए । जहाजमा सवार यात्रुमध्ये ४ जना बालबालिका थिए ।

बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी-२११ अबतरण गर्ने क्रममा रन वे मा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त जहाज आग्लागीका कारण ध्वस्त भएको छ ।


पुष्प दुलाल