पूर्वअर्थमन्त्री महत भन्छन् : दोहोरो अंकको आर्थिक बृद्धिदरको नारालाई नेप्से परिसूचकको व्यंग्य



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले बाम गठबन्धनको सरकारले दुई अंकको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएकोमा त्यसलाई नेप्से परिसूचकले व्यंग्य गरेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटर मार्फत पूर्व अर्थमन्त्री महतले लगातार घटिरहेको नेप्से परिसूचकको विषयमा धारणा सार्वजनिक गर्दै चुनाव परिणामपछि नेप्से परिसूचक २४० अंकले घटेको बताए ।

लगानी प्रवद्र्धनको लागि भाषणभन्दापनि विश्वासको वातावरण र गोस कार्य र मैत्रीपूर्ण व्यवहार आवश्यक भएको भनाई महतको छ ।

महतले खुला बजार अर्थनीति लिएको हुँदा सेयर लगानीकर्ताले उनलाई प्रियकर मान्छन् । आलोचक भने महतले अपनाएको आर्थिक उदारिकरणको कारण अहिले समस्या देखिएको बताउँदै आएका छन् ।


क्लिकमान्डु