सेयर बजारमा पहिरो गएपछि डराए अर्थमन्त्री खतिवडा, भने- मैले केही भनेकै छैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले सेयर बजारको बारेमा कुनैपनि टिप्पणी नगरेको बताएका छन् । मिडियाले आफूले बोल्दै नबोलेको विषयलाई प्रचार गरेको भन्दै खतिवडाले आक्रोश व्यक्त गरे ।

डा. खतिवडाले फागुन १६ गते बीबीसी नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सेयर बजार र घरजग्गा अनुत्पादक भएको बताएका थिए ।

खतिवडाले सेयर बजार अनुत्पादक हो भन्ने अभिव्यक्ति दिएपछि तयसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्सचेञ् (नेप्से) परिसूचकमा परेको थियो । त्यसैको प्रभावस्वरुप आइतबार नेप्से ४१ अंकले घटेको थियो ।

‘मैले बोल्दै बोलेको छैन, कसरी मसँग जाडिएर यस्तो समाचार आयो ?’ आइतबार गोरखापत्रसँग कुरा गर्दै खतिवडाले आक्रोश व्यक्त गरे ‘पत्रकारलाई समाचार लेख्दा प्रमाण र तथ्य नचाहिने रहेछ कि के हो ?’

बीबीसीमा खतिवडाले दिएको अन्तवार्ता सुन्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल