कामना सेवाको हकप्रद भर्ने म्याद थप



काठमाडौं । कामना सेवा विकास बैंकले हकप्रद सेयर भर्ने म्याद थप गरेको छ ।

बैंकले गत माघ ३ सम्म कायम रहेका सेयरधनीलाई १० कित्ता बराबर १ कित्ताको दरले ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

हकप्रद सेयर बिक्रीको अवधी माघ १५ देखि २० सम्म खुल्ला गरिएकोमा चैत ५ सम्म म्याद थप गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु