किन प्रभावकारी हुन सकेन काठमाडौं महानगरपालिकाको अनलाइन सेवा ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई छिटो-छरितो सेवा दिनका लागि संचानमा ल्याइरहेको अनलाइन सेवाबाट सेवाग्राहीले अपेक्षा अनुरुपमको सेवा सुविधा उपयोग गर्न सकिरहेका छैनन् ।

घरमै बसेर एक क्लिकको भरमा सेवाग्राहीलाई सेवा गर्नका लागि संचालनमा ल्याएका अनलाइन सेवा सुस्त भएकाले महानगरको अनलाइन सेवा सेवाग्राहीको रोजाइमा पर्न नसकेको हो ।

छिटो र छरितो सेवा प्राप्त गर्नका लागि अनलाइन सेवा प्रयोग गरिन्छ । तर महानगरले दिँदै आएका धेरै जस्ता अनलाईन सेवा छिटो तथा छरितो नहुनुका साथै त्यसमा उपलब्ध हुनुपर्ने आधारभूत सूचना पनि समसामायिक रुपमा अपडेट हुन सकिरहेका छैनन् ।

जसका कारण सेवाग्राहीले अनलाईनबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । अनलाईन सेवा सुस्त भएकाले महानगरपालिकाको अनलाईन सेवाग्राहीको रोजाईमा पर्न सकिरहेका छैनन् ।

सेवाग्राहीहरुलाई छिटो र सहज तरिकाले सेवा प्रदान गर्नका लागि अनलाईन सेवा संचालन गरिरहेको महानगरपालिकाका सूचना प्रविधि महाशाखाका प्रमुख ध्रुव काफ्ले बताउँछन् ।

‘हामीले सेवाग्राहीलाई छिटो र सहज तरिकाले सेवा उपलब्ध गराउने हेतुले सफ्टवेयरहरुको विकास गरिरहेका छौं, सेवाग्राहीलाई सुलभ रुपमा सुविधा प्रदान गर्नका लागि सम्बन्धित विभागले त्यसमा आवश्यक सूचना र जनगुनासोलाई सम्बोधन गर्ने हो,’ प्रमुख काफ्लेले क्लिकमाण्डूसँग भने ।

छिटो र सहज तरिकाले सेवाग्राहीलाई सेवा उपलब्ध गर्नका लागि स्थापना गरिएका अनलाईन सेवाप्रति सम्बन्धित विभाग र जनप्रतिनिधिहरुले उत्तरदायित्वको रुपमा नलिदा अनलाईन सेवा प्रभावकारी हुन नसकिरहेको हो ।

सेवाग्राहीलाई अनलाइनबाट जनप्रतिनिधि तथा कर्मचारीबीच सहज सम्पर्क स्थापित गर्नका लागि महानगरपालिकाले अफिसल मेल आइडीको विकास गरेको छ । सो मेल आइडी महानगरपाकिलाको वेव साईट डब्लुडब्लुडब्लु डट काठमाडौं डट जीओभी डट एन पीमा पनि उपलब्ध छ । जसका माध्यमबाट सेवाग्राहीहरु सजिलै जनप्रतिनिधि तथा कर्मचारीसँग सिधा सम्पर्क स्थापित गर्न सक्नेछन् ।

तर विडम्बना सो मेल आइडीको पासपोर्ट माग्नका लागि जनप्रतिनिधि तथा कर्मचारीले सम्पर्क नगरेको सूचना प्रविधि महाशाखाले जानकारी दिएको छ ।

महानगरपालिकाले उपलब्ध गराउँदै आएका सबै अनलाइन सेवा सुस्त भने छैनन् । केहि अनलाईन सेवाबाट सेवाग्राहीले सहज रुपमा सुविधा प्राप्त गरेका छन् । तर पनि महानगरपालिकाले उपलब्ध गराएका सबै सेवा चुस्त–दुरुस्त नभएका कारण सेवाग्राहीले अपेक्षाकृत रुपमा सर्भसुलभ सुविधा प्राप्त गर्न सकिरहेका छन् ।

महानगरपालिकाले आफ्नो वेवसाईट र मोबाइल एप्स मार्फत अनलाईन सेवा प्रदान गरिरहेको छ । तर महानगरपालिकाले जनअपेक्षा अनुसारको अनलाईन मार्फत दिन सक्नुपर्ने सेवा सुविधा प्रदान गर्न सकिरहेको छैनन् । जसका कारण सेवाग्राहीको रोजाईमा महानगरपालिकाको अनलाईन सेवा पर्न सकिरहेको छैनन् ।

अनलाइन भन्ने वित्तिकै छिटो र छरितो सेवाको रुपमा बुझ्न सकिन्छ । केहि सेवा सुविधाहरु छिटो तथा विश्वनिय पनि छन् । महानगरपालिकाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिनका लागि बल्क एसएमएस सिस्टमको विकास गरेको छ । सो सिस्टमबाट महानगरपालिकाले सेवाग्राहीलाई सुविधान दिन सकिरहेका छैनन् ।

सो सेवाबाट महानगरपालिकाले आफ्ना कर्मचारी तथा जनप्रतिनिधिलाई मात्र सूचना दिने काम गरिहेको छ । यदि महानगरपालिकाले सो सेवालाई सहि प्रयोग गर्न सक्ने हो भने सेवाग्राहीले आफुले बुझाउने पर्ने करको विवरण तथा महानगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बिना झन्झट प्राप्त गर्न सक्ने थिए ।

तर धेरै जस्ता सेवाहरु सुस्त देखिएका छन् । जसका कारण सेवाग्राहीको रोजाइमा महानगरपालिकाको अनलाईन सेवाले स्थान सुरक्षित गर्न सकिरहेको छैनन् ।


पुष्प दुलाल