चिनियाँ ठेकेदारलाई दोष देखाउँदै भैरहवा विमानस्थलबाट बाहिरिने एडीबीको चेतावनी



काठमाडौं । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोग गरेको एसियाली बिकास बैंक (एडीबी)ले हात झिक्ने संकेत गरेको छ । चिनियाँ ठेकदार कम्पनीले सन्तोषजक काम गर्न नसकेको भन्दै ऋण सहयोग रोक्ने संकेत दिएको हो ।

भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभियसनले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै एडीबी बारिहने आसय सहितको पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको हो ।

चिनियाँ ठेकदार कम्पनीले विभिन्न बाहना बनाउँदै आयोजना निर्माणमा ढिलाइ गरिरहेको आरोप एडीबीको छ । सन् २०१८ को जुन सम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्नुपर्छ ।

चिनियाँ ठेकदारले यसअघि विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको आरोप लगाउँदै आएको थियो । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो ।

सन् २०१८ मा पनि सम्पन्न हुने कुनै पनि आधार तयार नभएको भन्दै एडीबी बाहिरन सक्ने असयको पत्र प्राधिकरणमा पठाएको हो ।

चिनियाँ ठेकदारले जनवरी र फेब्रुवरीमा गर्ने कामको प्रगतिलाई हेरेर एडीबी बाहिरिने आसयको पत्र पठाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

एडीबी बाहिरिए स्वदेशी लगानीमै बनाउन छलफल शुरु

एडीबी आयोजनाबाट बाहिरिएमा स्वदेशी लगानीमै निर्माण गर्नेगरी प्राधिकरणले माथिल्लो निकायमा छलफल थालेको छ ।

सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सुरु गरेको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । काम सुरु भएको २ वर्षसम्म ३१ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । जबकी यो समयमा ९० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता भएको थियो ।

भैरहवा विमानस्थले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानीस्थलमा आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रुपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप हुदाँ घन्टौसम्म जहाज आकाशमै होल्ड हुनुपर्ने बाध्यता रहेको छ ।

‘चिनियाँ ठेकदारले पछिल्लो समय केही काममा प्रगति गरेको छ,’ प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले भने ।

एडीबी बाहिरिने भन्दा पनि उहाँहरुले काम चाँडो होस भन्ने आसय भएको श्रेष्ठले बताए । अहिले चिनियाँ ठेकदारले कामदार बढाएर कागको गति बढाएको समेत श्रेष्ठले दाबी गरेका छन् ।

एमाले नेता झलनथका छोराले थिति बिगारेपछि…

चिनियाँ ठेकदारले यसअघि विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको आरोप लगाउँदै आएको थियो । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो । अहिले खनालको कम्पनी बाहिरिएको छ । तर पनि काम सन्तोषजनक नरहेको एडीबीको आरोप छ ।

टीआइएको आकाशमै जहाज होल्डको समस्या

भैरहवा विमानस्थले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानीस्थलमा आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रुपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप हुदाँ घन्टौसम्म जहाज आकाशमै होल्ड हुनुपर्ने बाध्यता रहेको छ ।

भैरवहा एयरपोर्टको क्षमता कति ?

गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसंगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।


पुष्प दुलाल