लूम्बिनी विकास बैंकद्धारा बृद्धाश्रमलाई सहयोग



काठमाडौं । लुम्बिनी विकास बैंकले देवघाटको रोटरी क्लब अफ चितवाद्धारा संचालिक रोटरी करुणालय बृद्धश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका संचालक समितिका अध्ययक्ष सुशिलराज पराजुलीले रोटरी क्लब अफ चितवनका अध्यक्ष शरदगोपाल न्याटछ्यौंलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो रकम हस्तान्टरण गर्दै अध्यक्ष पराजुलीले बैंकको संस्थागत सामाजिक उत्तर दाहित्व निर्वाह गर्ने क्रममा यस किसिमका विभिन्न सामाजिक संघ संस्थाहरुलाई सहयोग गर्ने एमं बैंक आफै प्रत्यक्ष सहभागीभई सेवा पुर्याउने बताए ।


क्लिकमान्डु