ग्लोबल आइएमई बैंकको एकैदिन ६ वटा शाखा थप




काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार ६ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं. ६, गोरखाबजार, बारा जिल्लाको निजगढ नगरपालिका वडा नंं. ९, निजगढ, मोरङ्ग जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नंं. १०, बिराटचोक, काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका वडा नंं. १०, मनमैजु, काठमाण्डौ जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नंं. ६, हात्तिगौडा र डोटी जिल्लाको बोगटान गाउँपालिका वडा नंं. १०, चवारा चौतारामा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बैंकको १२० वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ शाखा रहित बैंकिङ सेवा माफर्त सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु