सेञ्चुरी बैंकको ५ वटा नयाँ शाखा विस्तार




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ५ वटा जिल्लामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम बैंकले शाखा विस्तार गरेको हो ।

बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाट शुभारम्भ गरेका हुन् ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु