लुम्बिुनी विकास बैंकको न्युरोड शाखा बनस्थलीमा स्तानान्तरण




काठमाडौं । लुम्बिनी विकास बैंकले न्युरोड काठमाडौंको शाखा बनस्थली, ढुङ्गेधारा चोकमा स्तानान्तरण गरेको छ । बैंक मर्जरको कारण दोहोरिएको शाखा बैंकले स्थानान्तरण गरेको हो ।

बैंकका संचालक समितिका सदस्य चिन्तामणी भट्टराईले मंगलबार ढुङ्गेधारा शाखाको औपचारीक उद्घाटन गरेका छन् । बैंकका प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनालले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ सेवा प्रदान गर्नेका साथै ग्रामिण भेगमा समेत सेवा विस्तार गर्दै जाने बताए ।

बैंकको ६० वटा शाखा तथा १२ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु