हिमालयन बैंकको विद्युतिय कार्ड प्रयोग गरेर सामान खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता हुने




काठमाडौं । हिमालयन बैंकको भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल (पीओएस) मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ ।

यस योजना अन्तर्गत ग्राहकले पीओएसमेशिनबाट सामान खरिद गर्दा ५ प्रतिशत र अनलाइनबाट सामान खरिद गर्दा १० प्रतिशत सम्म नगद फिर्ता पाउने छन् । सो नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने जानकारी दिएको छ ।

बैंकका मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३ हजारभन्दा बढि पीओएस मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको पीओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।


क्लिकमान्डु