नेपाल टेलिकमको सिमबाट भारत फोन गर्दा ४० प्रतिशत छुट, यस्ता छन् प्याकेज



काठमाडौं । नेपाल टेलिकमको सिमबाट भारत फोन गर्दा ४० प्रतिशत छुट हुने भएको छ । टेलिकमले मंगलबारदेखि यस्तो छुट योजना ल्याएको हो ।
टेलिकमका अनुसार अब ३५ रुपैयाँमै १५ मिनेट भारत कल गर्ने १ दिनको प्याकेज किन्न सकिने छ । त्यसैगरी, १ सय ५० रुपैयाँमा एक सातासम्म ६५ मिनेट कल गर्न सकिने र ५ सय रुपैयाँमाएक महिनासम्म २२५ मिनेट कल गर्न पाउने प्याकेज लिन सकिने छ । तपाईंले *1415*7#  डायल गरी यी प्याकेज लिन सक्नुहुने छ ।

टेलिकमले आफ्नो वार्षिकउत्सवको अवसरमा विभिन्न आकर्षक छुटका योजनाहरु सञ्चालन गरिरहेको छ ।


पुष्प दुलाल