हवाई भाडा बढ्यो, अव कहाँ जान कति ?



काठमाडौं । हवाई इन्धनको मूल्य बढेसंगै भोली देखि हवाई भाडा पनि बढ्ने भएको छ । नेपाल वायुसेवा संचालक संघले शुक्रबारनै हवाई भाडा बढाउने निर्णय गरेपनि भोली सोमबार देखि कार्यन्वनमा आउने भएको हो ।

आयल निगमले बिहीबार मध्यरातबाट लागू हुनेगरी प्रतिलिटर ५ रुपैयाँ हवाई इन्धनको मूल्य बृद्धि गरेको थियो । संचालक संघका अनुसार ७५ रुपैयाँ देखि ३ सय ५५ रुपैयाँ सम्म बृद्धि गरेको हो ।

गत महिनामा पनि हवाई इन्धनमा ३ रुपैयाँ बृद्धि भएको थियो । तर उक्त समयमा हवाई भाडा बृद्धि गरिएको थिएन । संघका अनुसार हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटबढ हुदाँ इन्धन सहचार्ज मार्फतको रकम बृद्धि हुने गरेको छ । सबैभन्दा कम सिमाराको ७५ रुपैयाँ र सवैभन्दा बढी धनगढीको ३ सय ५५ रुपैयाँ बृद्धि गरिएको छ ।

संघले माउन्टेन् फ्लाइटको २ सय ७५ रुपैयाँ बृद्धि गरेको छ । त्यस्तैगरी पोखराको १ सय २५, भैरहवाको १ सय ६५, विराटनगरको १ सय ९०, भद्रपरको लागि २ सय ४० रुपैयाँ, भरतपुरको लागि ८५ रुपैयाँ, नेपालगन्जको लागि २ सय ६०, जनकपुरको १ सय २५, तुम्लिङटारको १ सय ४५ बृद्धि भएको छ ।

कहाँको भाडा कति ?

माउन्टेन फ्लाइट ११ हजार २ सय ९५
पोखरा ४ हजार ८ सय ५५
भैरहवा ६ हजार २ सय २०
विराटनगर ७ हजार ५ सय ९०
भद्रपुर ८ हजार ९ सय ९०
नेपालगन्ज ९ हजार ५ सय ६०
भरतपुर ३ हजार ५ सय ९०
जनकपुर ४ हजार १ सय १५
तुम्लिङटार ५ हजार ५ सय ६५


क्लिकमान्डु