यी हुन नेपालका उत्कृष्ट १० होटल, बुटिक होटलको बाहुल्यता



काठमाडौं । उत्कृष्ट होटलको सूचीमा पाँचतारे होटलहरुको भन्दा बुटिक होटलहरुले बाहुल्यता देखिएको छ ।

विश्वकै लोकप्रिय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ ले नेपालका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । जसमा अधिकांसमा बुटिक होटलहरु रहेका छन् ।

नेपाल आएका बिभिन्न देशका पर्यटकले ती होटलमा सेवा लिएपश्चात गरेको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट होटलहरु छनौट गरेको हो ।

ट्रिप एडभाइजरले विभिन्न श्रेणीका विश्वभरका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । नेपालबाट उत्कृष्ट १० होटलको सूचीमा पर्नेमा ठूला पाँचतारे होटलभन्दा पनि साना र मौलिक ‘बुटिक होटल’ को बाहुल्यता रहेको छ ।

पाँचतारे होटलहरुबाट हायत रिजेन्सीमात्र उत्कृष्ट १० होटलमा पर्न सफल भएको छ । नेपालमा काठमाडौं र पोखरामा गरी १० वटा पाँचतारे होटलहरु सञ्चालनमा रहेका छन् ।

यसैगरी पर्यटकलाई उत्कृष्ट सेवा/सुविधा उपलब्ध गराउने होटलको सूची अर्थात ‘बेष्ट सर्भिस होटल’ मा एउटा पनि पाँचतारे परेका छैनन् । उत्कृष्ट सेवा/सुविधाका लागि पाँचतारे होटल मात्रै सम्झिनेका लागि ट्रिप एडभाइजरको सूचीले सोच्न बाध्य बनाएको छ ।

उत्कृष्ट होटलको सूचीमा परेका १० होटलमध्ये ६ वटा काठमाडौंमा सञ्चालित होटल हुन् भने चारवटा पोखरामा सञ्चालनमा रहेका छन् । पछिल्लो समय राजधानी बाहिर पनि उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने होटलहरुको संख्या बढ्दै गइरहेको छ । त्यसैगरि, उत्कृष्ट सेवा प्रदान गर्ने होटलमा आठवटा काठमाडौंबाट परेका छन भने पोखरा र भक्तपुरबाट एकरएक वटा पर्न सफल भएका छन् ।

बौद्धमा रहेको शाम्बालिङ बुटिक होटल र होटल टिबेट इन्टरनेशन भने उत्कृष्ट होटल र उत्कृष्ट सेवा दिने होटल दुबै श्रेणीमा पर्न सफल भएका छन् ।

ट्रिप एडभाइजरले हरेक वर्ष विश्वभरका होटललाई विभिन्न श्रेणीमा वर्गिकरण गरी उत्कृष्ट होटल छानेर ‘ट्राभलर च्वाइस अवार्ड’ प्रदान गर्दै आएको छ । यात्रामा निस्किएका करोडौं ट्राभलरहरु उत्कृष्ट होटल छनौटमा सहभागी हुने गरेका छन् ।

ट्रिप एडभाइजरले उत्कृष्ट होटल, उत्कृष्ट सेवा दिने होटल, उत्कृष्ट होमस्टे तथा गेष्ट हाउस, उत्कृष्ट बार्गेन होटल, लक्जरीयस होटल, रोमान्टिक होटल, फेमिली होटल लगायतका क्याटगरीमा ट्राभलर च्वाइस अवार्ड प्रदान गर्छ ।

यी हुन नेपालका उत्कृष्ट १० होटल
१. शाम्बालिङ बुटिक होटल, बौद्ध स्तुपा, काठमाडौं ।
२. द्धारिका होटल, वत्तिसपुतली, काठमाडौं ।
३. होटल टिबेट इन्टरनेशनल, बौद्ध, काठमाडौं ।
४. टेम्पल ट्रि रिसोर्ट एन्ड स्पा, गौरीघाट लेकसाइड, पोखरा ।
५. होटल शाम्बाला, बाँसबारी, काठमाडौं ।
६. गोकर्ण फरेष्ट रिसोर्ट, रजनीकुञ्ज गोकर्ण, काठमाडौं ।
७. हायत रिजेन्सी होटल, बौद्ध, काठमाडौं ।
८. अतिथि रिसोर्ट एन्ड स्पा, शान्तीपाटन लेकसाइड, पोखरा ।
९. वाटरफ्रन्ट रिसोर्ट होटल, लेकसाइट, पोखरा ।
१०. दी लेकसाइट रिट्रिट, लेकसाइट, पोखरा ।

उत्कृष्ट सेवा प्रदान गर्ने १० होटल
१. होटल मिकासा, त्रिदेवी मार्ग ठमेल, काठमाडौं ।
२. होटल मुम्स होम प्रालि, ज्याठा ठमेल, काठमाडौं ।
३. होटल फ्रेन्ड्स होम, ज्याठा ठमेल, काठमाडौं ।
४. होटल हेम्पी होम प्रालि, जेपीरोड, ठमेल काठमाडौं ।
५. होटल ड्रिम पोखरा, प्रगतीमार्ग लेकसाइड, पोखरा
६. ड्रिम नेपाल होटल एन्ड अपार्टमेन्ट, ज्याठा ठमेल, काठमाडौं ।
७. शाम्बालिङ बुटिक होटल, बौद्ध, काठमाडौं ।
८. प्लानेट भक्तपुर होटल, झउखेल, भक्तपुर ।
९. होटल टिबेट इन्टरनेशनल, बौद्ध, काठमाडौं ।
१०. होटल सिल्भर होम, ठमेल काठमाडौं ।


क्लिकमान्डु