एनएमबि डिलाइट सेभिङ एकाउन्ट-अब एटीएमबाट पैसा झिक्दा निःशुल्क



काठमाडौं । एनएमबि बैंकको एटीएम कार्डबाट कुनै पनि वित्तिय संस्थाहरुको एटीएम मेसिनबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । बैंकले संचालनमा ल्याएको एनएमबि डिलाइट सेभिङ एकाउन्टबाट सो सुविधा लिन सकिनेछ ।

बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै सो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ । साथै, सो सेवामा मोबाईल बैकिङ, इन्टरनेट बैंकिङ, आर्कषक ब्याजदरलगायतको सुविधा रहेको जानकारी दिएको छ ।

बैंकको ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु