नेप्से परिसूचक २.२६ अंकले बढ्यो,बुटवल पावरको सबैभन्दा बढी कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधवार २.२६ अंकले बढेको छ ।

कारोबार खुल्नासाथ ओरालो लागेको परिसूचक पछि बढ्न थालेको थियो । यद्यपी बुधवारको कारोबारमा परिसूचकमा झिनो मात्र सुधार देखिएको छ ।

३१ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा १५६ कम्पनीको सेयर किनबेच भएको छ ।

बुधवारको कारोबारमा सबैभन्दा बढी कारोबार बुटवल पावर कम्पनीको भएको छ । एफपिओ निकालेको बुटवल पावरको २ करोड ४२ लाख रुपैयाँको कारोबार भएको हो ।

कारोबार बढी भएपनि यसको सेयर मुल्य प्रतिकित्ता १६ रुपैयाँले घटेको छ ।


क्लिकमान्डु