११औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रमको आयोजना



काठमाडौं । ग्लोबल आइएमई बैंकले ११औँ वार्षिकोत्सवको अवसरमा शनिबार बाग्लुङ जिल्लाको बुर्तिबाङ्गमा ‘वित्तिय साक्षरता कार्यक्रम’ संचालन गरेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ०१, बुर्तिबाङको बुद्ध सिनेमा हलमा सम्पन्न सो तालिम आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंकका ‘तालिम तथा बैंक बिज्ञ’ पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रमका सहभागीहरुले बैंकले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।

साथै ग्लोबल आइएमई बैंकले माघ १३ गते शनिबार देखि नै बाग्लुङ्ग जिल्लाको निसीेखोला गाउँपालिका २, जुग्गाखोलामा आफ्नो ६५औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । सोस्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु