इन्भेष्टमेण्ट बैंकले ६ अर्ब ४२ करोड ब्याज आम्दानी गर्दा नाफा १ अर्ब ८३ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आबको पुस मसान्तसम्म १ अर्ब ८३ करोड नाफामा कमाएको छ । अघिल्लो बर्षको सोहीसम्ममा बैंकले १ अर्ब ५८ करोड नाफा कमाएको थियो । सो अबधिको तुलनामा बैंकको नाफामा २१ करोड रुपैयाँले वृद्धि भएको छ ।

बैंकले चालु आबको पुस मसान्तसम्ममा १ खर्ब २९ अर्ब निक्षेप संकलनगरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको देखिएको छ । चालु आबको छ महिनामा बैंकको व्याज आम्दानी ६ अर्ब ४२ करोड छ भने, व्याज खर्च ३ अर्ब ७० करोड रुपैयाँ भएको छ ।

बैंकको खराब कर्जामा वृद्धि भएको छ । गत आबको पुष मसान्तसम्ममा बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेकोमा चालु आबको ६ महिनामा यस्तो कर्जा बढेर १.१२ प्रतिशत पुगेको छ ।

बैंकको चुक्तापुँजी १० अर्ब ६२ करोड रहेको छ भने प्रतिसेयर आम्दानी ३४.६२ रुपैयाँ रहेको छ । बैंकको आधारदर गत बर्षको ५.६९ प्रतिशतको तुलनामा अहिले बढेर ९ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु