बैंक अफ काठमाण्डूको नाफा घट्यो, अधार दर १०.३८% पुग्यो



काठमाडौं । बैंक अफ काठमाण्डूको नाफामा गिराबट आएको छ । बैंकले चालु आबको ६ महिनामा ५५ करोड नाफा कमाएको छ । अघिल्लो बर्षको पुष मसान्तसम्ममा बैंकले ६० करोड नाफा कमाएको थियो । सो अबधिको तुलनामा बैंकको नाफा ५ करोड रुपैयाँले घटेको छ ।

चालु आबको छ महिनामा बैंकको व्याज आम्दानी ३ अर्ब ८८ करोड छ भने, व्याज खर्च २ अर्ब ५८ करोड रुपैयाँ भएको छ ।

बैंकले चालु आबको पुस मसान्त सम्ममा ७० अर्ब ४३ करोड निक्षेप संकलनगरी ६४ अर्ब ६६ करोड कर्जा प्रबाह गरेको छ ।

बैंकको खराब कर्जामा वृद्धि भएको छ । गत आबको पुष मसान्तसम्ममा बैंकको खराब कर्जा १.५१ प्रतिशत रहेकोमा चालु आबको ६ महिनामा यस्तो कर्जा बढेर १.८६ प्रतिशत पुगेको छ ।

बैंकको चुक्तापुँजी ६ अर्ब २४ करोड ५३ लाख ८३ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ११.५७ रुपैयाँ रहेको छ ।

बैंकको आधारदर गत बर्षको ७.१० प्रतिशतको तुलनामा अहिले बढेर १०.३८ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु