छ महिनामा एनएमबि बैंकले कमायो १ अर्ब, खराब कर्जामा सुधार



काठमाडौं । एनएमबि बैंकले चालु आबको ६ महिनामा १ अर्ब नाफा कमाएको छ । अघिल्लो बर्षको सोही अबधिमा ७० करोड नाफा कमाएको थियो ।

बैंकले आफ्नो नाफामा ३० प्रतिशतले वृद्धि गरेको बैंकद्धारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा देखिएको छ ।

बैंकले चालु आबको पुस मसान्त सम्ममा ८० अर्ब ५५ करोड निक्षेप संकलनगरी ७० अर्ब ९३ करोड कर्जा प्रबाह गरेको छ ।

चालु आबको छ महिनामा व्याज आम्दानी ४ अर्ब २५ करोड छ भने व्याज खर्च २ अर्ब ७५ करोड रुपैयाँ गरेको छ ।

खराब कर्जा १.२० प्रतिशतमा झार्न सफल भएको छ । गत आबको सोही अबधिमा बैंकको खराब कर्जा १.८९ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु