ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ सेवा




काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी र अर्घाखाँची जिल्लामा शाख रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले माघ १० गते बुधबार गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४, दिगाममा आफ्नो ६३ औँ तथा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ४ वाड्लामा ६४ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

छत्रकोट गाउँपालिका, दिगाममा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि भगिरथ बहुउदेशिय सहकारी संस्था र सन्धिखर्क नगरपालिका, वाड्लामा खोलिएको सेवाको लागि स्थानिय पशुपति भट्टाईलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

बैंकको ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ६४ शाखा रहित बैंकिङ सेवा माफर्त सेवा प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु