साढे १ अंकले बढ्यो नेप्से, २६ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) १.६९ अंकले बढेको छ । बुधबार नेप्से १३९४.७३ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार आज १ सय ५६ कम्पनीका ९ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । २६ करोड १५ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ०.३२, ट्रेडिङ समूह ४.२२, होटल समूह १४.७७, विकास बैंक समूह ७.८२, जलविद्युत समूह ३.१३, बीमा समूह १६.१३ र अन्य समूह ५.०८ अंकले बढेका छन् ।

वित्तिय समूह ०.७, उत्पादन मूलक समूह २६.२ र माइक्रोफाइनान्स २.६२ अंकले घटेका छन् ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.६४ प्रतिशतले कमाएका छन् ।

हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु